आज यी चार प्रदेशहरूमा भारी वर्षाको सम्भावना
- सत्यदीप सन्देश संवाददाता
- भदौ ७, २०८२
- 283 Shares
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भू-भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन
- अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द
- अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा
- कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
- नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
- फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
- पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा