रामेछाप कारागारका कैदीको भाग्ने प्रयास, सेनाको गोली लागेर दुई जनाको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- भदौ २६, २०८२
- 230 Shares
Read Time:1 Minute, 12 Second
रामेछाप । रामेछाप जिल्ला कारागारका कैदीले भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदी घाइते भएकोमा रामेछाप अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । हाल १२ जनाको उपचार जारी रहेको छ ।
कैदीहरूले कारागारभित्रका तोडफोड गरेर निस्कन खोजेपछि सेनाले गोलि चलाएको थियो । मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका कैदी रहेका छन् ।
रामेछाप जिल्ला कारागारमा हाल तीन सयभन्दा बढी कैदी रहेका छन् । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा