रामेछाप कारागारका कैदीको भाग्ने प्रयास, सेनाको गोली लागेर दुई जनाको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- भदौ २६, २०८२
- 239 Shares
Read Time:1 Minute, 12 Second
रामेछाप । रामेछाप जिल्ला कारागारका कैदीले भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदी घाइते भएकोमा रामेछाप अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । हाल १२ जनाको उपचार जारी रहेको छ ।
कैदीहरूले कारागारभित्रका तोडफोड गरेर निस्कन खोजेपछि सेनाले गोलि चलाएको थियो । मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका कैदी रहेका छन् ।
रामेछाप जिल्ला कारागारमा हाल तीन सयभन्दा बढी कैदी रहेका छन् । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा