नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस
- सत्यदीप सन्देश संवाददाता
- अशोज २, २०८२
- 481 Shares
भैरहवा । नेपाल विश्वकर्मा समाज जागरण अभियानले आफ्नो प्रथम स्थापना दिवस तथा विश्वकर्मा पूजा उत्सव–२०८२ मनाएको छ । बुधबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमकाबीच स्थापना दिवस तथा उत्सव मनाइएको अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली (विनोद) ले बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वकर्मा समाजले आफ्ना लागि मात्र नभइ समाजका लागि धेरै काम गरेको बताए । उनीहरुले समाज र समुदाय चेतनशील जागरुक र इमान्दार नभएसम्म समाज र समुदायको विकास हुन नसक्ने बताए ।
कार्यक्रममा समाजसेवी लाल बहादुर विश्वकर्माले विश्वकर्मा समाजकै शक्ति र सीपले संसार चलिरहेको बताउनुभयो । उहाँले समाज एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै साहित्यकार घनश्याम विश्वकर्माले विश्वकर्मा समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले अधिकारका लागि कुरा मात्र नगरी लड्नुपर्ने बताउनुभयो ।
अभियानका संयोजक विश्वनाथ रसाली ९विनोद०ले अब समाज र समुदायलाई चेतनशील बनाउनु अभियानको पहिलो प्राथमिकता र कर्तव्य हुने बताउनुभयो । ‘विकास नै हाम्रो मूल मन्त्र हुनेछ, सक्षम जनशक्ति उत्पादन गर्नु नेपाल विश्वकर्मा समाज जागरण अभियानको जिम्मेवारी हुनेछ, त्यसपछि सुन्दर, विकसित, सम्पन्नशाली समाज र समुदाय हुनेछ, ’उहाँले भन्नुभयो ।
नेपाल विश्वकर्मा समाज जागरण अभियानका सचिव रामजी रसालीले विश्वकर्मा समाज भगवानको सन्तति भएको बताउनुभयो । उहाँले यो समाज नेतृत्व तहमा आउनुपर्ने बताउनुभयो ।
नेपाल विश्वकर्मा समाज जागरण अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली ९विनोद० को अध्यक्षता, समाजसेवी डिक बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, सचिव रामजी रसालीको स्वागत तथा इशान्त रसाली र निमिशा ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभियानका सह–संयोजक धर्मदेव धवल, सह–सचिव नन्दलाल वि.क., सह–कोषाध्यक्ष बुद्ध बहादुर विश्वकर्मा, छत्र विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विश्वकर्मा बाबाको पूजाआजा, साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
- ज्ञान, सीप, प्रविधि र सांस्कृतिक रूपान्तरण : Generation Z र Generation Alpha को बदलिँदो शैक्षिक तथा सामाजिक परिवेश
- मृत्युमार्ग बन्दै भीमफेदी–कुलेखानी सडकः तीन महिनामा चार ठूला दुर्घटना, २१ को मृत्यु
- आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
- पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
- दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
- समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
- बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
- नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
-
बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
कार्तिक २१, २०८३ -
आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
कार्तिक २६, २०८३ -
दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
कार्तिक २३, २०८३ -
पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
कार्तिक २४, २०८३

लेखकको सम्वन्धमा