नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस
- सत्यदीप सन्देश संवाददाता
- अशोज २, २०८२
- 458 Shares
भैरहवा । नेपाल विश्वकर्मा समाज जागरण अभियानले आफ्नो प्रथम स्थापना दिवस तथा विश्वकर्मा पूजा उत्सव–२०८२ मनाएको छ । बुधबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमकाबीच स्थापना दिवस तथा उत्सव मनाइएको अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली (विनोद) ले बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वकर्मा समाजले आफ्ना लागि मात्र नभइ समाजका लागि धेरै काम गरेको बताए । उनीहरुले समाज र समुदाय चेतनशील जागरुक र इमान्दार नभएसम्म समाज र समुदायको विकास हुन नसक्ने बताए ।
कार्यक्रममा समाजसेवी लाल बहादुर विश्वकर्माले विश्वकर्मा समाजकै शक्ति र सीपले संसार चलिरहेको बताउनुभयो । उहाँले समाज एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै साहित्यकार घनश्याम विश्वकर्माले विश्वकर्मा समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले अधिकारका लागि कुरा मात्र नगरी लड्नुपर्ने बताउनुभयो ।
अभियानका संयोजक विश्वनाथ रसाली ९विनोद०ले अब समाज र समुदायलाई चेतनशील बनाउनु अभियानको पहिलो प्राथमिकता र कर्तव्य हुने बताउनुभयो । ‘विकास नै हाम्रो मूल मन्त्र हुनेछ, सक्षम जनशक्ति उत्पादन गर्नु नेपाल विश्वकर्मा समाज जागरण अभियानको जिम्मेवारी हुनेछ, त्यसपछि सुन्दर, विकसित, सम्पन्नशाली समाज र समुदाय हुनेछ, ’उहाँले भन्नुभयो ।
नेपाल विश्वकर्मा समाज जागरण अभियानका सचिव रामजी रसालीले विश्वकर्मा समाज भगवानको सन्तति भएको बताउनुभयो । उहाँले यो समाज नेतृत्व तहमा आउनुपर्ने बताउनुभयो ।
नेपाल विश्वकर्मा समाज जागरण अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली ९विनोद० को अध्यक्षता, समाजसेवी डिक बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, सचिव रामजी रसालीको स्वागत तथा इशान्त रसाली र निमिशा ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभियानका सह–संयोजक धर्मदेव धवल, सह–सचिव नन्दलाल वि.क., सह–कोषाध्यक्ष बुद्ध बहादुर विश्वकर्मा, छत्र विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विश्वकर्मा बाबाको पूजाआजा, साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा