जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
बुटवल । बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कुल कञ्चन–५,गरगरेले स्थापना गरेको बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।
बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कुलका प्राचार्य,संञ्चालक समितिका सदस्यहरू,भु.पु बिध्यार्थी तथा अभिभावक लगायत मिलेर स्थापना गरेको फाउनडेशनले बिहिवार वार्षिक कार्ययोजना अनुसार शैक्षिक सामग्री वितरण गरेको स्कुलका प्राचार्य लेखनाथ पौडेलले बताउनुभयो ।
फाउनडेशनले १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको कार्यक्रमका अध्यक्ष तथा भु.प. विधार्थी गिरिराज गुरूङ्गले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई थोरै भए पनि शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको गुरूङ्गले बताउनुभयो ।
वितरण गरिएको शैक्षिक सामाग्रीले बिपन्न परिवारका बालबालिकालाई नियमित पढाइलेखाइमा सहयोग पुग्न लेखनाथ पौडेलले बताउनुभयो ।

लेखकको सम्वन्धमा