बुटवलमा सुकुम्वासीको सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ ३, २०८३
- 187 Shares
बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले जानकारी दिए । प्रदर्शनकारीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना गरिब तथा अव्यवस्थित बसोबासीका घरटहरा हटाएर उठिबास लगाउने काम गरेको आरोप लगाएका छन् ।
उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’, ‘गाँस, बासको सुनिश्चित गर’, ‘डोजर होइन समाधान दे’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’ लगायतका नारासहित सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
- एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा