बुटवलमा सुकुम्वासीको सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ ३, २०८३
- 192 Shares
बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले जानकारी दिए । प्रदर्शनकारीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना गरिब तथा अव्यवस्थित बसोबासीका घरटहरा हटाएर उठिबास लगाउने काम गरेको आरोप लगाएका छन् ।
उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’, ‘गाँस, बासको सुनिश्चित गर’, ‘डोजर होइन समाधान दे’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’ लगायतका नारासहित सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा