भारतले मात्र होइन, नेपालले पनि भूमि अतिक्रमण गरेको रहेछ : प्रधानमन्त्री
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ १७, २०८३
- 150 Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी रहेको बताउँदै भारतले मात्र नभई नेपालले पनि केही स्थानमा एकअर्काको भूमि अतिक्रमण गरेको तथ्य आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा विवादबारे नयाँ तथ्यहरू आफूले प्रधानमन्त्री बनेपछि जानकारी पाएको उल्लेख गरे ।
उनले भने, “म प्रधानमन्त्री भएपछि थाहा पाएको हो । भारतले नेपालको मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको रहेछ । यो विषयलाई टेबल टकमार्फत साथीका रूपमा बसेर छलफल गरी समाधान गरिनेछ ।”
लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका सीमा विवादका विषयमा सरकार गम्भीर रहेको बताए । उनले यी विषयलाई मित्रवत् संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै देशका सरोकार र संवेदनशीलतालाई ध्यानमा राखेर सीमा सम्बन्धी विवादहरू समाधानतर्फ अघि बढाइने बताए। उनले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितका विषयमा सरकारले कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोजिरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा