पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो
- सत्यदीप सन्देश संवाददाता
- भदौ २४, २०८३
- 22 Shares
तस्वीर : गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसी
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका(११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ । गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ ।
बरालले भने, ‘राति ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको भन्ने थियो । तर अहिले बिहान सबेरै स्थानीयहरूसँग सम्पर्क गर्दा खोलाको बहाब खुलिसकेको जानकारी पाएको छु । रातभरिमा पानीको बहाब खुलेको र अहिले खोला साविकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका छन् ।’
बरालका अनुसार खोलाको बहाब साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको छ । पहिरो खसेर खोला थुनिएको ठाउँमा प्रहरीको टोली पनि आज बिहान ४ बजे नै त्यसतर्फ लागेको उनले बताए ।
गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीका अनुसार राति १२ बजेतिरदेखि खोलाको एक छेउबाट विस्तारै खोलाको बहाब खुलेको हो ।
अध्यक्ष केसीले भने, ‘मध्यरातिदेखि पहिरोले थुनिएको एक छेउको भागबाट खोलाको बहाब विस्तारै खुलेको थियो । अहिले खोलाको बहाब साविककै अवस्थमा आइसकेको छ । अहिलेलाई जोखिम टरेको छ ।’
गए राति अचानक पहिरो खसेर खोला थुनिए पछि किम्रोङ खोला एवं मोदीखोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- तीजको खर्च कटौती गरी दशरथ टोल विकास संस्थाद्वारा बाढीपीडितलाई सहयोग
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण
- सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस
- प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने
- संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
- जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
- अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
- कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
- जेनजी आन्दोलनको एक वर्ष : सत्ता बदलियो, बदलिएन जनताको सास्ती
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा