पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो
- सत्यदीप सन्देश संवाददाता
- भदौ २४, २०८३
- 55 Shares
तस्वीर : गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसी
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका(११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ । गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ ।
बरालले भने, ‘राति ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको भन्ने थियो । तर अहिले बिहान सबेरै स्थानीयहरूसँग सम्पर्क गर्दा खोलाको बहाब खुलिसकेको जानकारी पाएको छु । रातभरिमा पानीको बहाब खुलेको र अहिले खोला साविकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका छन् ।’
बरालका अनुसार खोलाको बहाब साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको छ । पहिरो खसेर खोला थुनिएको ठाउँमा प्रहरीको टोली पनि आज बिहान ४ बजे नै त्यसतर्फ लागेको उनले बताए ।
गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीका अनुसार राति १२ बजेतिरदेखि खोलाको एक छेउबाट विस्तारै खोलाको बहाब खुलेको हो ।
अध्यक्ष केसीले भने, ‘मध्यरातिदेखि पहिरोले थुनिएको एक छेउको भागबाट खोलाको बहाब विस्तारै खुलेको थियो । अहिले खोलाको बहाब साविककै अवस्थमा आइसकेको छ । अहिलेलाई जोखिम टरेको छ ।’
गए राति अचानक पहिरो खसेर खोला थुनिए पछि किम्रोङ खोला एवं मोदीखोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा