डायमण्ड मा.वि. द्वारा राहत कोषमा ५ लाख सहयोग
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८३
- 10 Shares
पोखरा । पोखरा–२७, तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयले भोटेकोसीको बाढीपहिरो प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । विपद्को घडीमा प्रभावितप्रति सामाजिक उत्तरदायित्व प्रस्तुत गर्दै विद्यालयले उक्त राहत रकम प्रदान गरेको हो ।
संकलित रकम संस्थागत माध्यमबाट राहत कोषमा उपलब्ध गराइएको छ । विद्यालयका प्रधानाध्यापक याम रोकाका अनुसार हिसान कास्कीमार्फत ३ लाख रुपैयाँ र प्याब्सन कास्कीमार्फत २ लाख रुपैयाँ गरी कुल ५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा बुझाइएको हो ।
उक्त रकम विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंको संयुक्त योगदानबाट संकलन गरिएको हो । यो सहयोग विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रतिको ऐक्यबद्धता, मानवीय संवेदना र राष्ट्रिय जिम्मेवारीको अभिव्यक्ति भएको विद्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- तीजको खर्च कटौती गरी दशरथ टोल विकास संस्थाद्वारा बाढीपीडितलाई सहयोग
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण
- सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस
- प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने
- संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
- पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो
- जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
- अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
- कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा