डायमण्ड मा.वि. द्वारा राहत कोषमा ५ लाख सहयोग
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८३
- 43 Shares
पोखरा । पोखरा–२७, तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयले भोटेकोसीको बाढीपहिरो प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । विपद्को घडीमा प्रभावितप्रति सामाजिक उत्तरदायित्व प्रस्तुत गर्दै विद्यालयले उक्त राहत रकम प्रदान गरेको हो ।
संकलित रकम संस्थागत माध्यमबाट राहत कोषमा उपलब्ध गराइएको छ । विद्यालयका प्रधानाध्यापक याम रोकाका अनुसार हिसान कास्कीमार्फत ३ लाख रुपैयाँ र प्याब्सन कास्कीमार्फत २ लाख रुपैयाँ गरी कुल ५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा बुझाइएको हो ।
उक्त रकम विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंको संयुक्त योगदानबाट संकलन गरिएको हो । यो सहयोग विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रतिको ऐक्यबद्धता, मानवीय संवेदना र राष्ट्रिय जिम्मेवारीको अभिव्यक्ति भएको विद्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा