कुशे औँसीको अवसरमा ज्ञानपुञ्जमा कविता प्रतियोगिताको निर्णायक चरण सम्पन्न
- सत्यदीप सन्देश संवाददाता
- भदौ २६, २०८३
- 20 Shares
बुटवल । कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा आयोजित ‘कविता प्रतियोगिता–२०८३’ को निर्णायक चरण सम्पन्न भएको छ । प्रारम्भिक चरण पार गरी अन्तिम १० मा परेका प्रतिस्पर्धीहरूबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट तीन छनोट गरिएको छ ।

प्रतियोगितामा कक्षा ७ ‘लोटस’की सिम्रन भण्डारी प्रथम, कक्षा ९ ‘रोज’का सार्थक न्यौपाने द्वितीय र कक्षा ६ ‘रोज’की रोशनी न्यौपाने तृतीय भएका छन् । विजयी विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरियो ।

साहित्यकार गोविन्द बस्याल निर्णायक रहनुभएको उक्त प्रतियोगितामा विषयवस्तु, मौलिकता, भाषा-शब्दचयन, भाव-लय र प्रस्तुतिको आधारमा मूल्याङ्कन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले बुबाको त्याग, संघर्ष र मार्गदर्शनको चर्चा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा संस्कार र साहित्यिक चेतना जगाउने बताउनुभयो । ईसीए इन्चार्ज हरि भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा सह-प्राचार्य भीम बस्नेत, शैक्षिक प्रमुख घनश्याम पन्थी, शिक्षक-कर्मचारी तथा अभिभावकहरूको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
- नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ कार्यसमितिको पदस्थापन
- डायमण्ड मा.वि. द्वारा राहत कोषमा ५ लाख सहयोग
- तीजको खर्च कटौती गरी दशरथ टोल विकास संस्थाद्वारा बाढीपीडितलाई सहयोग
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण
- सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस
- प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने
- संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
- पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो
- जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा