कुशे औँसीको अवसरमा ज्ञानपुञ्जमा कविता प्रतियोगिताको निर्णायक चरण सम्पन्न
- सत्यदीप सन्देश संवाददाता
- भदौ २६, २०८३
- 54 Shares
बुटवल । कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा आयोजित ‘कविता प्रतियोगिता–२०८३’ को निर्णायक चरण सम्पन्न भएको छ । प्रारम्भिक चरण पार गरी अन्तिम १० मा परेका प्रतिस्पर्धीहरूबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट तीन छनोट गरिएको छ ।

प्रतियोगितामा कक्षा ७ ‘लोटस’की सिम्रन भण्डारी प्रथम, कक्षा ९ ‘रोज’का सार्थक न्यौपाने द्वितीय र कक्षा ६ ‘रोज’की रोशनी न्यौपाने तृतीय भएका छन् । विजयी विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरियो ।

साहित्यकार गोविन्द बस्याल निर्णायक रहनुभएको उक्त प्रतियोगितामा विषयवस्तु, मौलिकता, भाषा-शब्दचयन, भाव-लय र प्रस्तुतिको आधारमा मूल्याङ्कन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले बुबाको त्याग, संघर्ष र मार्गदर्शनको चर्चा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा संस्कार र साहित्यिक चेतना जगाउने बताउनुभयो । ईसीए इन्चार्ज हरि भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा सह-प्राचार्य भीम बस्नेत, शैक्षिक प्रमुख घनश्याम पन्थी, शिक्षक-कर्मचारी तथा अभिभावकहरूको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा