अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द
- सत्यदीप सन्देश संवाददाता
- अशोज ८, २०८३
- 12 Shares
बुटवल । सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गर्ने जनाएको छ । त्यस्तै असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन् ।
उपमहानगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ। साथै, बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा विद्यालयहरूलाई उक्त निर्णयअनुसार पठनपाठन बन्द गरी आवश्यक कार्यान्वयन गर्नरगराउन समेत निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन
- अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा
- कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
- नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
- फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
- पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा