अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द
- सत्यदीप सन्देश संवाददाता
- अशोज ८, २०८३
- 50 Shares
बुटवल । सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गर्ने जनाएको छ । त्यस्तै असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन् ।
उपमहानगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ। साथै, बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा विद्यालयहरूलाई उक्त निर्णयअनुसार पठनपाठन बन्द गरी आवश्यक कार्यान्वयन गर्नरगराउन समेत निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा