चर्चामा

तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा

तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
0 0
Read Time:1 Minute, 27 Second

बुटवल । तिनाउ नदीमा बाढीको सतह बढेसँगै तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको छ। बाढीको जोखिम उच्च बनेपछि तिनाउ पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

​सम्भावित जोखिम र विपद्को अवस्थालाई मध्यनजर गर्दै नगर प्रहरीको टोलीले सो परिवारलाई उद्धार गरी बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।

​तिनाउमा बाढीको बहाव बढेपछि जोखिममा परेका नागरिकको सुरक्षाका लागि तत्काल उद्धार गरी कान्ति माविमा सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो ।

​लगातारको वर्षाका कारण तिनाउ नदीमा बाढीको सतह बढ्दै गएकाले तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन नगर पालिका तथा स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %