तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
- सत्यदीप सन्देश संवाददाता
- अशोज ९, २०८३
- 49 Shares
बुटवल । तिनाउ नदीमा बाढीको सतह बढेसँगै तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको छ। बाढीको जोखिम उच्च बनेपछि तिनाउ पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सम्भावित जोखिम र विपद्को अवस्थालाई मध्यनजर गर्दै नगर प्रहरीको टोलीले सो परिवारलाई उद्धार गरी बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।
तिनाउमा बाढीको बहाव बढेपछि जोखिममा परेका नागरिकको सुरक्षाका लागि तत्काल उद्धार गरी कान्ति माविमा सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण तिनाउ नदीमा बाढीको सतह बढ्दै गएकाले तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन नगर पालिका तथा स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा