मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- सत्यदीप सन्देश संवाददाता
- अशोज ११, २०८३
- 24 Shares
Read Time:1 Minute, 15 Second
उद्धारमा खटिएका हेलिकोप्टर
पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोमा परेका सबै जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ तर पूर्ण पुष्टि हुन बाँकी छ । उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ । एउटा हेलिकप्टरले उद्धारकर्ताहरूलाई घटनास्थलमा छाडेर फर्किएको छ भने अर्को हेलिकप्टर पुनः पठाउने तयारी भइरहेको छ ।’
बेपत्ता भएका टोली अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमाल आरोहण तथा भ्रमणका लागि त्यसतर्फ गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
- रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
- गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
- कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
- तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
- काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा
-
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
आज संविधान दिवस मनाइँदै
अशोज ३, २०८३

लेखकको सम्वन्धमा