मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- सत्यदीप सन्देश संवाददाता
- अशोज ११, २०८३
- 47 Shares
Read Time:1 Minute, 15 Second
उद्धारमा खटिएका हेलिकोप्टर
पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोमा परेका सबै जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ तर पूर्ण पुष्टि हुन बाँकी छ । उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ । एउटा हेलिकप्टरले उद्धारकर्ताहरूलाई घटनास्थलमा छाडेर फर्किएको छ भने अर्को हेलिकप्टर पुनः पठाउने तयारी भइरहेको छ ।’
बेपत्ता भएका टोली अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमाल आरोहण तथा भ्रमणका लागि त्यसतर्फ गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा