पोखरामा नयाँ वर्ष २०२५ को भव्य स्वागत

पोखरा । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ शुभारम्भ गरिएको छ । नयाँ वर्ष २०२५ को पोखरामा भव्य स्वागत गरिएको छ ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौँ दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्षलाई स्वागत गरिएको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल ९रेबान० पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको हो ।
आतिसबाजी गर्दा त्यहाँ उपस्थित हजारौँ दर्शक सहभागी हुँदै रमाए । जब आयोजकले सांगीतिक कार्यक्रम भइरहेको स्थानमा ‘हृयाप्पी न्यू ईअर’भन्दै अतिसबाजी गरे तब दर्शकको ताली र हुटिङले लेकसाइड गुञ्जयमान भयो ।
नयाँ वर्षको स्वागतार्थ हजारौं दर्शक शनिबार राती लेकसाइड पुगे । विशेष गरेर युवायुवतीको बाक्लो सहभागिता थियो । अन्य समयमा बाहृय पर्यटकको चहलपहल बढी हुने लेकसाइडमा शनिबार नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकको संख्या हृवात्तै बढ्यो ।
लेकसाईडको करीब ३ किलोमिटर सडकमा आयोजित ‘पोखरा सडक महोत्सव’मा बिहानदेखि मध्यरातसम्मै दर्शकको चाप थियो ।
महोत्सवको अवसरमा सबै होटल भरिभराऊ हुँदा कयौं दर्शक मध्यरातमा घर फर्किए भने अग्रिम बुकिङ गर्नेहरु होटलमै बास बसे ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको हो ।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने पोखरासहित काठमाडौँको ठमेल, बौद्ध, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
लेखकको सम्वन्धमा