चर्चामा

अक्सोफोर्डका विद्यार्थीले नेपालसँगै ७ देशका टिपिकल स्वादसहित मनाए फूड फेस्टिवल

अक्सोफोर्डका विद्यार्थीले नेपालसँगै ७ देशका टिपिकल स्वादसहित मनाए फूड फेस्टिवल
1 0
Read Time:4 Minute, 2 Second

बुटवल । नेपालसहित विभिन्न ७ देशको टिपिकल परिकारको स्वाद चखाएर अक्सफोर्ड माविका विद्यार्थीले शुक्रबार अन्तर्राष्ट्रिय फूड फेस्टिवल मनाएका छन् । बुटवल–७ सुख्खानगरमा रहेको अक्सफोर्ड माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापनतर्फ अध्ययन गर्ने विद्यार्थीले भाइभ म्युजिकसहित फूड फेस्टिवल मनाएका हुन् ।

िविगत वर्षदेखि नियमित रुपमा फेस्टिवल गर्दै आएको अक्सफोर्ड माविले तेस्रो सँस्करणको रुपमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीले नेपालसहित, यूएसए, चाइना, भारत, इन्डोनेशियन, मेक्सिको र इटालियन टिपिकल परिकार तयार पारेका थिए ।

खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीलाई कक्षा कोठाको सिकाईबाट बाहिर निस्कौं भन्ने मूल उद्देश्यका साथ प्रयोगात्मक अभ्यास गराइएको उल्लेख गरे । अक्सोफार्ड माविले अंगिकार गरेको शिक्षालाई सीपसँग जोडौं, प्रविधिसँग जोडौं, व्यवहारसँग जोडौं र सँस्कारसँग जोडौं भन्ने मूल उद्देश्य अनुरुप विभिन्न अतिरिक्त क्रियाकलाहरु सञ्चालन हुँदै आएको भुसालले जानकारी दिए

प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोगसँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिनको लागि कार्यकम आयोजना गरेको बताए । करिब ४ हजारको उपस्थितिमा भएको कार्यक्रममा १२ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक उमङ्ग पौडेलले बताए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीत प्रस्तुत गर्नुका साथै ब्यान्डहरू साँगितिक कार्यक्रम समेत रहेको थियो ।

अन्तर्राष्ट्रिय खाना महोत्सव कार्यक्रमबाट नाफा भएको रकम विद्यार्थीहरूले सामाजिक काममा प्रयोग गर्ने प्राध्यापक सुमन भुसालले बताए । कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, दिप बोडिङ्ग स्कुलका प्राचार्य टिकाराम न्यौपाने, स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडे, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ड्रिम इन्टरनेश्नल होटलका अध्यक्ष तथा समाजसेवी गोपाल राना, साहिल्याण्ड होटलका अध्यक्ष नहकुल शाहि, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका टिकाराम शर्मा, यादव पौडेल, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको सहभागिता जनाउँदै विद्यार्थीले तयार पारेका परिकारको स्वाद लिएका थिए ।

कार्यक्रमको संयोजन प्राध्यापकद्वय उमङ्ग पौडेल र विवेक न्यौपानेले गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %