चर्चामा

शीतलहरका कारण दाउन्ने सडक खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

शीतलहरका कारण दाउन्ने सडक खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
0 0
Read Time:2 Minute, 24 Second

बुटवल । अविरल शीतलहरका कारण सडक चिप्लो बनेपछि नवलपरासी -बर्दघाट(सुस्ता पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका-४ स्थित दाउन्ने जंगल क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका अनुसार आज बिहान ९ः३० बजेदेखि दाउन्ने जंगल खण्डमा शीतलहरका कारण सडक अत्यन्त चिप्लो बनेको हो । सडक अवस्था जोखिमपूर्ण भएपछि ठूलो मालबाहक सवारी साधन उकालो-ओरालो पार गर्न नसक्ने अवस्था सिर्जना भई सुरक्षाका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको कार्यालयले जनाएको छ ।

 

दाउन्ने जंगल क्षेत्र घुमाउरो र उकालो+ओरालो सडक खण्ड भएकाले चिप्लो सडकमा सवारी सञ्चालन गर्दा ठूला दुर्घटनाको सम्भावना उच्च रहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्व-पश्चिम तथा पश्चिम-पूर्व यात्रा गर्ने यात्रुवाहक बस, मालबाहक ट्रक र अन्य सवारी साधनहरू दुवैतर्फ लामो जाममा परेका छन् भने सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

ट्राफिक प्रहरी, स्थानीय प्रशासन र सम्बन्धित निकायले सडक अवस्थाको निरन्तर अनुगमन गरिरहेको र मौसममा सुधार आएपछि तथा सडक सुरक्षित भएपछि मात्रै सवारी सञ्चालन गरिने जनाएको छ । यसैबीच यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक बाहेकको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।

शीतलहर अझै केही समय रहने मौसम पूर्वानुमान रहेकाले दाउन्ने जंगल हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %