अपाङ्ग आश्रममा सहयोग
- सत्यदीप सन्देश संवाददाता
- पुस २६, २०८२
- 452 Shares
बुटवल । बुटवलको लुम्बिनी वाणिज्य कलेज मा Bachelor Group 2019 मा अध्यापन गर्ने बिद्यार्थीहरुले बुटवल प्रगतिपथस्थित नेपाल अपाङ्ग आश्रममा आश्रितहरूका लागि नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।
लुम्बिनी वाणिज्य कलेज मा Bachelor Group 2019 मा अध्यापन गर्ने बिद्यार्थीहरुले नगद तथा खाद्यान्न संकलन गरेर आश्रमलाई हस्तान्तरण गरेको हो ।
हरेक मानवले समस्यामा परेका अरु मानवहरूलाई सहयोग र सेवा गर्नुपर्ने सोचका साथ आफूहरूले आश्रममा बसोबास गर्नु हुने दाजुभाइ तथा दिदीबहिनीहरूका लागि दुई महिनासम्म खान पुग्ने गरी चामल, दाल, तेल, रोटीका लागि पिठो, तरकारी लगायतका सामग्री संकलन गरेर सहयोग गरेको संयोजक गौरव गौतमले बताए ।
उनले सहयोग सानो देखिए पनि यहाँ बसोबास गर्नु हुने दाजुभाइ तथा दिदीबहिनीहरूको अनुहारमा देखिएको खुशीले हाम्रो मन भरिएको बताए । उनले यस्ता मानवीय कार्यक्रमहरूले अरूलाई पनि सहयोग गर्न प्रेरणा मिल्ने भएकाले थप सहयोग जुट्छ र त्यसबाट असहाय व्यक्तिहरूलाई ठूलो राहत पुग्ने बताए ।
उक्त सहयोग अभियानमा गौरव गौतम,कपिल पन्थ,कपिल आचार्य ,सन्तोष अर्याल ,गीता भण्डारी ,कृष्ण कार्की,कृष्ण तिमल्सिना ,आशा कुँवर ,सुरज चपागाईं ,सन्तोष न्यौपाने ,स्वेक्षा श्रेष्ठ ,बिना भण्डारी पाण्डे ,प्रबिन गौतम ,पिकनिक समूह ,अर्जुन थापा,बिमल पाण्डे,बिमल पोखरेल,सबिता भुसाल,प्रबिन चन्द्र पौडेल लगायत विभिन्न स्थानबाट सहयोग गर्नु हुने महानुभावहरूको उल्लेखनीय भूमिका रहेको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा