चर्चामा

शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने

शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने
0 0
Read Time:3 Minute, 33 Second

बुटवल । ‘शाइन रेसुंगा नेश्नल १० के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ। राष्ट्रियस्तरका धावक सहभागी हुने प्रतियोगितामा महिलारपुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ ।

प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ । खुलातर्फको महिला/पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकमसमेत हो ।

खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निस्शुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रूपमा फारम भरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।

प्रतियोगिता अपरेसन र ब्यवस्थापनका लागि बैंककातर्फबाट सिईओ प्रकाश पौडेल र कखराकातर्फबाट हिमबिक्रम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ । राष्ट्रियस्तरको कार्यक्रममार्फत खेलकुद र समाजप्रति उत्तरदायित्व पूरा गर्ने अवसरको रूपमा यसलाई लिएका छौं,’ पत्रकार सम्मेलनमा उनले भने ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %