बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने
- सत्यदीप सन्देश संवाददाता
- माघ २७, २०८१
- 360 Shares
Read Time:4 Minute, 35 Second
बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो स्थापनाको ६६ औं स्थापना दिवस सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ । स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल, रक्तदान, गौशालामा पञ्चेबाजाको तालिक, विद्यालय स्तरका कार्यक्रमहरु राखिएको उपमहानगरले जनाएको छ ।
जस अन्तरगत आज बिहान स्थापना दिवसको शुभारम्भमा बीपी कोईराला स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बुटवल ७ सिध्देश्वर मैदानमा बुटवलका जनप्रतिनिधि र राजनीतिक दल वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ भने आजै बिहान सोहि अवसरमा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६६ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवल विकासका कामसँगै रचनात्मक कार्यमा समेत अग्रपंक्तिमा रहेको र उक्त कार्यक्रम नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति अत्यन्तै क्रियाशील रहेको बताउनुभयो ।
उनले उपमहानगरपालिका स्थापना दिवसको पुर्व सन्ध्यामा अन्य विद्यालय स्तरका कार्यक्रम गर्न पहल गरिएकोमा वार्षिक परीक्षा लगायतका कारणले केही समयमा पछि हुने बताउनुभयो । सोहि अवसरमा आजबाट नै नन्दिनी गौशालामा पञ्चेबाजा बजाउने तालिमको समेत संचालन भएको उनले जानकारी दिनुभयो ।
आइतबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान तथा पुनर्मिलन कार्यक्रम राखेको छ ।
बुटवल (पुरानो नाम बटौली-खस्यौली) नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको एक उपमहानगरपालिका हो । यो सहर तिनाउ अथवा तिलोत्तमा नदीको किनारमा अवस्थित रहेको छ । रुपन्देही जिल्लाको तत्कालिन बुटवल खस्यौली इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१६ कार्तिक १२ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो । तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि बुटवल खस्यौली नगरपालिकाको नाम स्वतः परिवर्तन भई ‘बुटवल खस्यौली नगरपञ्चायत’ भएको थियो। वि.सं २०३५ माघ ८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यसको नामबाट खस्यौली झिकेर ‘बुटवल नगरपञ्चायत’ कायम गरिएको थियो ।
बुटवल नगरपालिकालाई तत्कालिन मन्त्रिपरिषदको विकास समितिले गरेको सिफारिसको आधारमा नेपाल सरकारले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि यसलाई नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो । बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन सेमलार तथा मोतिपुर गाउँ विकास समितिलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो ।
जननिर्वाचित प्रतिधिनिधिहरुले स्थापानकाल देखि फागुन ३ गतेलाई स्थापना दिवस बनाउँदै आएको स्मरण गर्दै नगर प्रमुख पाण्डेले परम्परादेखि बनाउँदै आएको दिनलाई नै आधार मानेर सप्ताहब्यापी कार्यक्रम गरि स्थापना दिवस बनाउँदै आएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा