सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- satyadeep
- फाल्गुन १, २०८१
- 376 Shares
पोर्चुगल । सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा हुने भएको छ । संसारभर छरिएर रहेका नेपालीहरुको प्रतिभा र कलालाई उजागर गर्ने,नेपाली परम्परा ,संस्कृतिलाई विश्वभर चिनाउने अभियानका साथ यो अडिशन हुन लागेको हो ।
आगामी फेब्रुअरी १६ तारिख पोर्चुगलको चर्चित रेस्टुरेन्ट लव लिस्वा रेस्टुरेन्टमा विहान १० बजेदेखि साझ ५ बजेसम्म विभिन्न प्रतिभाहरुको अडिशन लिने पोर्चुगल प्रतिनिधि दीपेश विष्टले जानकारी दिए ।
प्रथम हुने बिजेताले १ करोड नेपाली रुपैयाँ पाउने छन् भने दोस्रो हुनेका लागि २५ लाख पुरस्कार राशी तोकिएको छ । त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले १० लाख पुरस्कार पाउने आयोजक नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले जनाएको छ ।
सहभागी हुन इच्छुक प्रतियोगीका लागि उल्लेखित शर्तहरु लागु हुने छ।
योग्यता:
नेपाली मूल र नेपालीभाषी।
उमेर सीमा: नेपालका लागि: १६ वर्ष।
अन्यत्र: १८ वर्ष।
आधिकारिक परिचयपत्र आवश्यक।
विशेषता:
प्रत्येक एपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावना झल्काउँदै सुरु हुनेछ।
फाउण्डेसनको वेबसाइटबाट आवेदन दिन सकिने।
युरोपमा सहयोगी सम्पर्क:
युरोप संयोजक: देवी गर्बुजा मग़र
युरोप संयोजक : जेबी ओली
जर्मनी क्षेत्र: दीपक धिताल।
इटाली क्षेत्र: विजय भुषाल।
नर्वे क्षेत्र: डानियल तामाङ।
पोर्चुगल: दीपेश विष्ट
- संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
- इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश
- फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान
- ६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ
- बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
- फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा
- अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश
- पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
- हल्यान्डको सनसनीपूर्ण प्रदर्शनमा नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ
असार ३१, २०८३

प्रतिकृया दिनुहोस्