सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- satyadeep
- फाल्गुन १, २०८१
- 399 Shares
पोर्चुगल । सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा हुने भएको छ । संसारभर छरिएर रहेका नेपालीहरुको प्रतिभा र कलालाई उजागर गर्ने,नेपाली परम्परा ,संस्कृतिलाई विश्वभर चिनाउने अभियानका साथ यो अडिशन हुन लागेको हो ।
आगामी फेब्रुअरी १६ तारिख पोर्चुगलको चर्चित रेस्टुरेन्ट लव लिस्वा रेस्टुरेन्टमा विहान १० बजेदेखि साझ ५ बजेसम्म विभिन्न प्रतिभाहरुको अडिशन लिने पोर्चुगल प्रतिनिधि दीपेश विष्टले जानकारी दिए ।
प्रथम हुने बिजेताले १ करोड नेपाली रुपैयाँ पाउने छन् भने दोस्रो हुनेका लागि २५ लाख पुरस्कार राशी तोकिएको छ । त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले १० लाख पुरस्कार पाउने आयोजक नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले जनाएको छ ।
सहभागी हुन इच्छुक प्रतियोगीका लागि उल्लेखित शर्तहरु लागु हुने छ।
योग्यता:
नेपाली मूल र नेपालीभाषी।
उमेर सीमा: नेपालका लागि: १६ वर्ष।
अन्यत्र: १८ वर्ष।
आधिकारिक परिचयपत्र आवश्यक।
विशेषता:
प्रत्येक एपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावना झल्काउँदै सुरु हुनेछ।
फाउण्डेसनको वेबसाइटबाट आवेदन दिन सकिने।
युरोपमा सहयोगी सम्पर्क:
युरोप संयोजक: देवी गर्बुजा मग़र
युरोप संयोजक : जेबी ओली
जर्मनी क्षेत्र: दीपक धिताल।
इटाली क्षेत्र: विजय भुषाल।
नर्वे क्षेत्र: डानियल तामाङ।
पोर्चुगल: दीपेश विष्ट
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

प्रतिकृया दिनुहोस्