एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को सहयोग र समन्वयमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको आयोजना गरिएको आयोजक संस्था एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीका अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।
तालिमको समापन गर्दैै वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले उद्घोषण तालिमले वडावासीहरुले निर्धकका साथ आफुलाई लागेका कुरा भन्न सक्ने र जस्तो प्रकारको नेतृत्व लिनका लागि पनि महिला दिदि बहिनीहरुलाई सक्षम बनाउनका सहयोग पुर्याउने बताउनुभयो ।
यस्तै वडा सदस्य इन्दिरा ज्ञवालीले यस प्रकारका तालिम अवदेखि निरन्तर रुपमा गरिरहन पर्ने बताउनुभयो । साथै उहाँले यो तालिम लिए पछि व्यवहारमा लागु गर्न सबै प्रशिक्षार्थीलाई सुझाव दिनुभयो ।
वडा सदस्य माया परियारले यस्ता तालिमहरुमा महिला दिदि बहिनीहरु सबै सहभागि हुनु पर्ने र अहिले सहभागि हुन नपाएका दिदि बहिनीहरुलाई पुनः अर्को कार्यक्रममा सहभागि गराइने बताउनुभयो ।
प्रशिक्षक गोपालप्रसाद अधिकारीले तालिम तालिममा मात्र सिमित नराखी व्यवहारमा लागू पनि गर्नु पर्ने बताउनुभयो। ।
कार्यक्रममा वडा सदस्य विवेक पुरी (भरत),एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीका सल्लाहकार भीमबहादुर श्रेष्ठ, सचिव सपना खनाल लगायतले महिलाहरु नेतृत्वमा पुगे पनि अझै खुलेर बोल्न नसकेका कारण यो उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमता लगायतको बिकास गर्ने बताउनुभयो ।
महिला दिदिबहिनीहरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीका अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । महिलाहरु बोल्न नसकेकै कारण पछाडी परेकाले यस्ता खालका तालिमा अतिनै आवश्यक रहेको उहाँले बताउनुभयो ।
तालिममा सहभागी भएकाहरुले उद्घोण तालिमले आफुलाई धेरै कुरा सिकाएको र अव कुनै पनि कार्यक्रम चलाउँदा वा बोल्दा ढुक्कले बोल्न सक्ने भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । तालिममा १०५ जनाको सहभागिता रहेको थियो ।
लेखकको सम्वन्धमा