डिबोस हुन नदिन एकआपसमा माया मात्रै हैन बिस्वास् र भरोषा हुन जरुरी छ ।
Read Time:4 Minute, 28 Second
भनिन्छ माया सबैभन्दा बहुमुल्य हुन्छ मानिस को जीवन मा पहिले को जस्तो मागी बिहे बुबा/आमाले रोजेपछि केटाकेटी दुबैको पक्षबाट सहमति जनाउनु पर्थ्यो । घर परिवार यस्तो छ है भनेर बिहे गराउने कारबारिले भनेपछि दुबै तर्फबाट सहमति का साथ धुमधाम बिहे गरिन्थो र सम्बन्ध पनि राम्रोसँग तिक्थो । उ बेला पढे लेखेका त्यति हुनेथिएनन यहिले जस्तो अनि एकआपसमा माया पनि निकै देखिन्थो तर यहिले लभ marriage भन्छन् कोट marriage भन्छिन आफनो उमेर बराबर सग नै बिहे गर्दछन् या धन धेरै रहिछ भने अलि उमेर गएको सग पनि जिन्दगी बिताउन तयार हुन्छन् । तर परिवार कस्तो छ हेर्दैनन् बुझदैनन केटा मात्रै हेर्दछन् । यहिले छुवाछूत पनि 100% मा 20% जस्तो अन्तर जातिय बिहे गर्नेहरुछन लभ marriage मा पहिला सुरुमा राम्रो नै हुन्छ । तर जब सम्बन्ध मा बिस्तारै फाटो आउछ कुरा मिल्दैन एकआपसमा झगडा सुरु हुन्छ एकले आर्काको आलोचना कमजोरी खोजिरहन्छन् ।
अहिलेको मागि बिहेमा केटाकेटी बुझछन् फेसबुक इन्टरनेट सामाजिक सञ्जालबाट जोडिन्छन र बिहे गर्न सहमति हुन्छन । बाबा/आमा आफ्नो परिवार सँग माग्न आग्रह गर्छन राजि खुशि बिहे हुन्छ बिस्तारै समय बित्दै जान्छ अनि सम्बन्ध बिग्रिन थाल्छ । सबै कुरामा माया मात्रै बहुमुल्य हुदैन कति पय कुरा मा दुबै को इच्छा र जिम्मेवारी बुझन जरुरी हुन्छ अनि मात्रै डिबोस जस्तो कागज को पत्र मा गरिने सम्बन्ध कमै हुन्छ । तेसैले डिबोस हुन नदिन एकआपसमा माया मात्रै हैन बिश्वास भरोषा हुन जरुरी छ । कमि-कमजोरि खोजेर हैन राम्रो पक्ष खोजेर सम्बन्ध अगाडि बढनु राम्रो हुन्छ । चाहे मागि होस चाहे love marriage यदि दुबैजना जब गरिन्छ भने आफु सहि भएर एकआर्कोमा राम्रो सोच राखेर हिड्न सक्नुपर्छ । कति पय ठाउँमा मागि बिहे भित्र देखिएको समस्या पढन इच्छा हुँदा हुँदा पढ्नि अवसर पाउदैनन् भने लभ marriage मा आफनो इच्छा गर भनिन्छ लभ marriage मा बढि देखाइन्छ भने मागि बिहे सरल तरिकाले खुसि साथ बिताएका हुन्छन उनिहरु बेग्लै घरपरिवार सग एकदमै खुसि देखिन्छन ।
समय अनुसार परिवर्तन हुनु सहि पनि र गलत पनि यहिले मान्छेको सम्बन्ध पैसा सँग तौलिन खोज्छन राम्रो लगाए हुनि खानि नराम्रो लगाए दुख पाएको यो हेर्ने नजर हटाउनु पर्छ । यस्तो सम्बन्ध बढि निस्कनु नै आफु खुसिको गरिएको बिहे नै हो 100% मा 30% लभ marriage यहिले डिबोस मा परिणत भएको देखिन्छ भने मागि बिहेमा दाइजो देखि हरेक कुरामा टचर भएको देखिन्छ यस्ता घटनालाई हामिले गहिरिएर सोचेनौ भने हरेक घरमा यस्तो घटना बढि घट्ने गरेको छ । समाजमा लभ marriage र मागि बिहे बिच हेर्न नजर नै गलत बन्छ बन्दै गएको छ । यस्ता घटना नदोहोर्याउन हरेक कुरामा सोचेर मात्रै निणय लिनु उचित हुन्छ हतार को सम्बन्ध जोडेर देखेको लबाइ खबाइ देखेर सम्बन्ध र जिन्दगी बिगार्नु हुदैन । यहिले जति पढ्दै जान्छन उति अबुझ बनेका छन् । मान्छेहरु कति सम्बन्ध सामाजिक सञ्जालबाट दुरुपयोग गरिएका छन् कसैले देखावटी गरेर त कसैले देखा सिखि गरेर ।

लेखकको सम्वन्धमा