रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन २२, २०८२
- 225 Shares
उम्मेदवारी खारेज भएका किशोरी साह कमल ।
जनकपुरधम । धनुषा-१ मा विवाद भएको छ । विवादका कारण मतगणना सुरु हुनसकेको छैन ।
रास्वपामा खसेको मतबारे विवाद भएको छ । विवाद भएपछि निर्वाचन आयोगको निर्देशन पर्खिने निर्णय गरिएको छ ।
धनुषा-१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । विरुद्धमा साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
यद्यपि साहको उम्मेदवारी खारेजी भएको कारण घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर के मानेर गणना गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग सुझाव माग गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार शुक्रबार राति नै आयोगलाई पत्र लेखेर सो मतको बारेमा निर्देशन माग गरिएको छ ।
‘रास्वपा उम्मेदवारको मनोनयन खारेज गरिएको छ । तर मतपत्रमा छाप छँदैछ । त्यो छापमा लगाइएको स्वस्तिक चिह्नलाई के गर्ने भन्ने विषयमा हामीले आयोगलाई पत्र लेखेका छौं’, उनले भने, ‘आज बिहान १० बजेसम्म सो पत्रबारे आयोगको केही निर्णय आउँछ त्यसपछि हामी मतगणना अगाडि बढाउछौं ।’
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा