चर्चामा

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा
0 0
Read Time:2 Minute, 26 Second

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा आयोजना हुने भएको छ ।

बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा भावी रणनीति र कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा ल्याएपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका हुन् । यद्यपि उपसभापति विश्वप्रकाश शर्माले उक्त राजीनामा अस्वीकृत हुने संकेत गरिसकेका छन् ।

शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आजको बैठकमा सभापतिको राजीनामा पत्रसँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने जानकारी दिएका छन् ।

हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले झन्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएको छ । सभापति थापा स्वयं पनि सर्लाही–४ बाट रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह सँग पराजित भएका थिए ।

यसअघि थापा विशेष महाधिवेशनमार्फत सर्वसम्मत सभापति निर्वाचित भएका थिए । पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले उनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । उक्त महाधिवेशनको वैधानिकतामाथि तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले दायर गरेको रिट हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %