जेनजी आन्दोलनले उठाएको विषयलाई काँग्रेसले निष्कर्षमा पुर्याउछ : भिष्म आङ्देम्बे
- सत्यदीप सन्देश संवाददाता
- चैत्र १९, २०८२
- 217 Shares
काठमाडौं । नेपाली काँग्रेसका सांसद भिष्म आङ्देम्बेले काँग्रेसले परिवर्तनलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनले उठाएको विषयलाई निष्कर्षमा पुर्याउन तयार रहेको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले काँग्रेस आफु परिवर्तन भएर चुनावमा गएको भएपनि जनतामा आफ्ना कुरा पुर्याउन नसक्दा प्रतिपक्षमा रहन पुगेको बताए । उनले विगत ३०/३५ बर्षमा केहि भएन भन्ने भाष्य यो संसदले चिर्नुपर्ने भन्दै विकासका कामको उदाहरण दिएका थिए । उनले सडक, सञ्चार, वित्तीय संस्था, खानेपानी जस्ता क्षेत्रमा प्रशस्त काम भएको उल्लेख गरे । उनले केहि भएन भन्ने निराशा सत्यको जगमा नरहेको बताउदै अब नागरिकलाई विश्वासमा लिएर अगाडी बढ्नुपर्ने बताए ।
उनले संसद भवन भदौ २४ गते खरानी बनाइएको बताउदै भविष्यमा देशलाई यसरी खरानी बनाउन नपर्ने गरि काम गर्नुपर्ने बताए । उनले भदौ २३ र २४ को घटना दुवैको एक एक विषयको छानबिन र अध्ययन हुनुपर्ने बताए । उनले गौरी बहादुर कार्कीको प्रतिवेदन अहिलेसम्म सरकारले सार्बजनिक गर्न माग गर्दै दोषी कोहि नछुटुन र निर्दोष कोहि नपरुन भन्ने काँग्रेसको नीति रहेको बताए ।
प्रतिकृया दिनुहोस्
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
- एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा