चर्चामा

एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न
0 0
Read Time:3 Minute, 57 Second

बुटवल । ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यसहित समृद्धि सलोन एन्ड एकेडेमीले एकदिने एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सेमिनार सम्पन्न गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नयाँ प्रविधि, आधुनिक उत्पादनको प्रयोग विधि तथा सही–गलत उत्पादन छुट्याउने विषयमा व्यवहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

समृद्धि सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले ब्युटी क्षेत्रमा दैनिक नयाँ टेक्निक र उत्पादनहरू आइरहेकाले व्यवसायीलाई समयानुकूल अपडेट राख्न यस्ता कार्यक्रम आयोजना गरिएको बताए । उनले समृद्धिले “ग्रो टुगेदर” को अवधारणालाई आत्मसात गर्दै नयाँ स्किल र प्रविधि आउनेबित्तिकै तालिम तथा सेमिनार सञ्चालन गर्दै आएको उल्लेख गरे ।

सेमिनारमा मुख्य रूपमा ‘डाक्टर स्किन’ फेसियल किटको सही प्रयोग, यसको नयाँ अपडेट तथा ‘सेल्भेरा प्रो न्यानोप्लास्टिया’ सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रशिक्षकहरूले बजारमा उपलब्ध अन्य उत्पादनभन्दा क्याल्भेरा प्रो न्यानोप्लास्टिया कसरी फरक छ र यसको प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने विषयमा कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिका चन्द्रकला छन्त्याल रानाले सहभागीलाई जानकारी गराएकी थिइन ।

कार्यक्रममा कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिका अध्यक्ष हरि अधिकारीले कम्पनीले उत्पादन गर्दै आएका जडीबुटीयुक्त कस्मेटिक्स सामग्रीको गुणस्तर र बजार विस्तारबारे जानकारी दिए । उनका अनुसार कम्पनीले विगत १६ वर्षदेखि नेपालमा जडीबुटीमा आधारित सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीले ‘डाक्टर स्किन’ ब्राण्ड अन्तर्गत फेसियल किट तथा कपाल उपचारका लागि प्रयोग हुने न्यानोप्लास्टिया बजारमा ल्याएको जनाएको छ । कम्पनीले आफ्नै ब्राण्डका साथै अन्य कम्पनीहरूका लागि थर्ड पार्टी म्यानुफ्याक्चरिङमार्फत पनि सामग्री उत्पादन गर्दै आएको छ ।
कुमकुम हर्बलद्वारा उत्पादित सामग्री नेपालका विभिन्न बजारसँगै मलेसिया, दुबई, सिंगापुर, कतार र क्यानाडासम्म निर्यात भइरहेको सञ्चालक दिपेश श्रेष्ठले बताए ।

पूजा पन्थीको सञ्चालनमा भएको सेमिनारमा कपिलवस्तु, दाङ, बाँके, नवलपरासी, रुपन्देही, पाल्पा र स्याङ्जालगायत जिल्लाबाट सहभागी भएका ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूले आधुनिक प्रविधि र उत्पादनबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %