काँग्रसकाे लुम्बिनी प्रदेशस्तरीय भेला : सभापति गगनले सम्बाेधन गर्ने
बुटवल । नेपाली काँग्रेसले ‘जरा अभियान’ अन्तर्गत भाेली र पर्सि रुपन्देहीकाे मणिग्राममा लुम्बिनी प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला हुदैछ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्णयअनुसार रुपन्देहीको तिलोत्तमामा भाेली साेमबार र पर्सि मंगलबार भेला गर्न लागिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी परिपत्रअनुसार भेलाको भाेली साेमबार दिउसाे १२ बजे नेपाली काँग्रेसका सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा लुम्बिनी प्रदेशका केन्द्रीय कार्यसमिति पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति पदाधिकारी, प्रदेश सरकार र प्रदेश सभाका सदस्य, १२ वटै जिल्लाका सभापति, जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षलगायतको सहभागिता रहनेछ ।
त्यसैगरी, प्रदेशभित्रका जिल्ला प्रशिक्षण शाखाका प्रमुख, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध सदस्य तथा रुपन्देही जिल्लाका पार्टी पदाधिकारी, महासमिति सदस्य, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय सभापतिहरूलाई समेत कार्यक्रममा सहभागी रहने छन् ।
कार्यक्रमको व्यवस्थापन नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय समन्वयको जिम्मेवारी रुपन्देही जिल्ला कार्यसमितिले लिनेछ । प्रत्येक सहभागीले दर्ता शुल्कबापत २ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
पार्टीले लुम्बिनी प्रदेशका सबै जिल्ला कार्यसमितिलाई सम्बन्धित प्रतिनिधिहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ ।

लेखकको सम्वन्धमा