विनयी खोलाको डाइभर्सन बाढीले फेरी बगायो, बुटवल-नारायणगढ सडक बन्द
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ २३, २०८२
- 473 Shares
Read Time:1 Minute, 18 Second
बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल(नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, दुम्कीबासले जनाएको छ । डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले जानकारी दिए ।
केही दिन अघि आएको बाढीले पनि विनयी त्रिवेणी खोलामा डाइभर्सन बगाएको थियो । लामो समयदेखि यो सडकमा यात्रुले सास्ती भोग्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा