आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य
- satyadeep
- जेष्ठ २७, २०८२
- 276 Shares
काठमाडौँ । आरिफ शेखको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमा जारी आइसीसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि नेदरल्यान्डसामु जितका लागि २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेदरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रनको योगफल तयार पारेको हो।
आरिफ शेखले बनाएको ४ रन नै नेपालका लागि सर्वाधिक रह्यो। सम्हालिएको ब्याटिङ गरेका आरिफले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओडीआइमा आरिफले नेपालका लागि सर्वाधिक रन बनाएका हुन्। यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध नै ७ रन बनाएका थिए।
भिम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन थपे।
भिमले ३८ बलमा ३ चौका प्रहार गर्दा माइकल लेविटको बलमा क्याच आउट भए। ६० बलमा १ चौका हानेका कप्तान रोहित पनि माइकल कै बलमा क्याच आउट हुन पुगे।
ओपनर कुशल भुर्तेल १९ बलमा २ चौका सहयोगमा १८ रन बनाउँदा रोइलोफ भान डेर मेर्भेको बलमा बोल्ड आउट भए।
२४ बलमा १ चौका सहयोगमा १६ रन बनाएका दिपेन्द्र सिंह ऐरि लेविट कै बलमा क्याच आउट भए। बसिर अहमद ११ रन बनाउँदा आर्यन दत्तको बलमा म्याक्स ओ डाउडको हातबाट क्याच आउट नै भए। करण केसी पनि ११ रन बनाउदा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने २ रनमा रनआउट भए।
अनिल शाह २ रनमा पेभेलियन फर्के। नन्दन यादव १० रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि माइकल लेविटले तीन विकेट लिए। पाउल भान मेक्रेनले २ तथा आर्यन दत्तले एक विकेट आफ्नो नाममा गरे।नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

प्रतिकृया दिनुहोस्