चर्चामा

सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने

सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने
0 0
Read Time:5 Minute, 14 Second

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ।व। २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै आवहान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि त्यसको खारेजीको माग गर्दै अरणबद्ध आन्दोलनको घोषणा गरेका हुन ।

संयुक्तरूपमा गरिएको चरणबद्ध आन्दोलनको कार्यक्रमका बारेमा छलफल गर्न बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको बुधवार बसेको आकस्मिक बैठकले आफ्ना सबै व्यवसायीहरुलाई घोषित कार्यक्रमलाई सफल बनाउन आवहान गर्दै एकजुट हुन अनुरोध गरेको छ । बैठकपछि संघका अध्यक्ष गकुल विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै घोषित कार्यक्रम अन्तरगत जेठ २९ र ३० गतेको दुई दिन व्यवसाय९पसल० बन्द गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

विज्ञप्तिमा सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भैरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि सुनका गरगहनामा विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट लगाई व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिती सिर्जना गरिएको जनाइएको छ ।

अहिले पनि छिमेकि भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दरमा एकरुपमा नहुदाँ नेपाली उपभोक्ताहरु सिमानाका बजारहरुमा सुनका गरगहना किन्न जाने अवस्था रहेको उल्लखे गर्दै बजेट वक्तव्यमार्फत लिएको निती कार्यान्वयन भएमा व्यवसायमा नकरात्मक असर पर्ने जनाइएको छ ।

बैठकमा महासंघका केन्द्रीय सदस्यद्वय चेतनारायण विक र दिपककुमार विक, संघका वरिष्ठ सल्लाहाकार जोगलाल विश्वकर्मा, प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, सल्लाहाकार सुरशरत्न बज्राचार्य, उपाध्यक्ष कृष्ण सुनार, सहसचिव इन्द्रबहादुर सुनार, कोषाध्यक्ष दलबहादुर सुनार, सहकोषाध्यक्ष सरोज गहतराजलगायतले सुझाव राख्नु भएको थियो ।

चरणबद्ध आन्दोलनका क्रममा आफ्ना मागसहितको व्यानर पसल पसलमा व्यानर राख्ने, कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्लारनगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रम तय गरिएको छ ।

संघले सुन तथा सुनका गरगहनामा लागु गरिएको बिलासिता २ प्रतिशत र हिरा तथा जवहारात जडित गरगहनामा लागु गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल पुनरबिचार गरि खारेज गर्न, सुनंचाँदिको कारोबारलाई दिर्घकालिन रुपमा प्रोत्साहित गर्न छिटो भन्दा छिटो ऐन नियम तथा नितिहरु निमार्ण गर्न, नेपाल राष्ट्र बैंकबाट जारि गरिएको परिपत्र

अनुसार बैंकहरुबाट निकासा गरिने सुन साना व्यवसायहरुका लागि १०० ग्राम २०० ग्रामसम्मका परिमाणमा प्रदेशस्तर मै स्थानिय बैंकहरुले उपलब्ध हुने व्यवस्था गर्न तथा छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %