चर्चामा

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
0 0
Read Time:1 Minute, 4 Second

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारअन्तर्गत आज हुने शपथ ग्रहण समारोहका लागि तोकिएका मन्त्रीहरू राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारीका लागि सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि प्रतिनिधि सभा सदस्य महावीर पुनले मन्त्री पदको शपथ लिने तयारी गरिएको हो ।

शपथ ग्रहण दिउँसो ३ बजेका लागि निर्धारित भए पनि केही समय ढिलाइ भएको जनाइएको छ। निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलाइपछि कार्यक्रम सुरु हुने तयारी भइरहेको छ ।

दुवै प्रस्तावित मन्त्रीहरू शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा उपस्थित भइसकेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %