रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने
0 0
Read Time:4 Minute, 50 Second

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले रुपन्देहीको सियारी गाउँपालीका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख सँग अन्तरक्रिया गरेको हो ।

Advertisement

रोटरी क्ल्व अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनको सह आयोजनामा आगामी साता सियारी गाउँपालीकामा हुने बृहत स्वास्थ्य शिविर सम्बन्धमा अन्तरक्रिया आयोजना गरिएको क्लवका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिनु भयो ।

बुटवल जिगतढीमा अवस्थ्ति एडमण्ड सिटी अस्पताको प्राविधिक सहयोग र सियारी गाउँपालीकाको सहकार्यमा हुने बृहत स्वास्थ्य शिविरमा जनरल फिजिसियन, महिला ,स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, हार्डजोर्नी, मेरुदण्ड तथा नशारोग विशेषज्ञ, दन्त तथा नेत्र रोग बिशेषज्ञ लगायतका चिकित्सकको उपस्थितीमा बृहत्तर स्वास्थ शिविरको आयोजना गर्न लागीएको क्लवका हेल्थ कमिटी च्यर राजु गुरुङ्गले जानकारी दिन भयो । उहाँले विभिन्न १० भन्दा बढी बिषयगत चिकित्सकद्धारा सियारी गाउँ पालीकामा बृहत्तर रुपमा स्वास्थ्य परिक्षण गर्न लागीएको बताउनु भयो ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन चिकित्क एवं रोटरी क्लव तिलोत्तमा रुपन्देहीका सदस्य रोटरीयन डाक्टर नन्दु पाठक, स्त्री तथा प्रसुति रोग बिशेषज्ञका रुपमा रोटरीयन डाक्टर सतिष रुपाखेती, सँगै हार्डजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नि प्रत्यारोपण बिशेषज्ञका रुपमा प्रा. डा. प्रकृतिराज कडेल, पेट, छाती मुटु रोग बिषेशष एव जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गूप्ता लगायतका बिशेषज्ञ चिकित्सकको उपस्थितीमा बृहतर शिविरको अयोजना गर्न लागीएको हो ।

बृहत स्वास्थ्य शिविरका बिषयमा आयोनजा गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सियारी गाउँपालीका प्रमुख थानेश्वर घिमिरेले सियारी गाउँबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै बृहत्तर स्वास्थ्य शिविरको आयोजना गर्न लागेकोमा क्लवलाई धन्यवाद दिदै पालीकाले आफ्नो तर्पmबाट पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो ।
उहाँले स्वास्थ्य परिक्षणका लागी अस्पताल धाउनु पर्नेमा स्वयं अस्पताल नै बरिष्ठ चिकित्सक सहित घर आगनमै आउनु सह्रायिन बिषय भएको भन्दै उहाँले स्वास्थ्य शिविरमा निर्धक्कका साथ आफ्ना समस्या चिकित्स सँग राख्दै स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सियारी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर जि.सी, क्लवका पुर्व अध्यक्ष बालकृष्ण अर्याल, गोपाल ज्ञवाली उपाध्यक्ष निराजन पोख्रेल, डा. सतिष रुपाखेती, रोट्रयाक क्लवका अध्यक्ष मोहन खत्री, सन्दिप पौडेल, दिनेश गैरे लगायतले शिविर संचालनका बिषयमा महत्वपुर्ण भनाई राख्नु भएको थियोे ।

रोटरी अन्ताष्ट्रिय बार्षिक क्यालेन्डर अनुसार जुलाई महिना मातृत्व तथा शिशु स्वास्थ्यको महिना रहेको हुदाँ क्लवले महिला शिशु स्वास्थय सँगै बृहत स्वास्थ्य शिविरको आयेजना गरेको क्लवका सचिव अर्जुन प्रसाद आचार्यले बताउनु भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %