गणेशमान सैंजु दम्पतीको जन्मजयन्तीमा ९ जना सम्मानित, स्वर्गिय सैंजुले सामाजिक विकासमा पुर्‍याएको योगदानको चर्चा

गणेशमान सैंजु दम्पतीको जन्मजयन्तीमा ९ जना सम्मानित,  स्वर्गिय सैंजुले सामाजिक विकासमा पुर्‍याएको योगदानको चर्चा
0 0
Read Time:3 Minute, 7 Second

बुटवल । बुटवलका वरिष्ठ समाजसेवी स्वर्गिय गणेशमान सैंजु र कृष्णप्यारी सैंजुको जन्मजयन्तीको स्मृतिमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको छ।

Advertisement

विश्वहिन्दु महासंघ रुपन्देही, नवजागृती बहुउद्देश्यीय सामाजिक भवन ट्रष्ट, नवजागृती पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रम, कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैंजु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, साहित्य, संचार लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिने ९ जना व्यक्तिहरुलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरुमा वरिष्ठ चिकित्सक चक्रराज पाण्डे, लुम्बिनी टेलिभिजन एवं गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलम, वरिष्ठ साहित्यकारहरु धनकुटा निवासी टिका प्रसाद लामिछाने, डा. हिरण्यलाल ज्ञवाली, घनश्याम बराल, नेपाल नेत्रज्योती संघका लुम्बिनी प्रदेश अध्यक्ष एवं रणअम्बिका आंखा अस्पतालका अध्यक्ष सागरप्रताप राणा, लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे, बस चालक रेविका थापा र अन्ट्राटिकामा पहिलो पाईला टेक्ने नेपाली भुवनसिंह विश्वकर्मा छन्।

सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथी नेपाली सेनाको २२ नं. बाहिनीका बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का, संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ तथा संरक्षकहरु अर्जुनमान सैंजु र अनुपमान सैंजुले पदक, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गिय गणेशमान सैंजुले यसक्षेत्रको सामाजिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै जिवनभर सामाजिक सेवामा पु¥याएको योगदान स्वरुप मृत्यु पर्यन्त पनि सैंजु दम्पत्तिको नाम अमर रहेको उल्लेख गरे।

संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षता, संरक्षक अनुपमान सैंजुको संचालन तथा विश्वहिन्दु महासंघ महिला समितीका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %