वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
- सत्यदीप सन्देश संवाददाता
- साउन ७, २०८२
- 344 Shares
बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन रुपन्देही–लुम्बिनीको गौरवमय ३०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत् वृक्षारोपण कार्यक्रम सोमबार बुटवल २ मैनाबगरस्थित अटो भिलेज परिसर तथा घाट क्षेत्रमा सम्पन्न भएको छ ।
करिब २ सय वटा बिरुवा रोपिएको उक्त कार्यक्रममार्फत हरियाली प्रवर्द्धन, सफा वातावरण निर्माण र दिगो विकासको सन्देश दिन खोजिएको हो। कार्यक्रममा एसोसिएसनका सचिव तथा कार्यक्रम संयोजक मनिष पाण्डेले वृक्षारोपण अभियानले आगामी पुस्तालाई स्वच्छ वातावरण सुनिश्चित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको प्रमुख आतिथ्य एसोसिएसनका पूर्व अध्यक्ष सन्तोष पाण्डेयले गरेका थिए। उनले अटो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू मात्रै होइन, सम्पूर्ण नागरिक वृक्षारोपण जस्ता सचेतनामूलक अभियानमा सक्रिय हुनुपर्ने बताए ।
वृक्षारोपण कार्यक्रममा अध्यक्ष प्रेम गौचन, संरक्षक तथा पूर्व अध्यक्ष बाबुलाल पाण्डेय, उद्योग उपाध्यक्ष ध्रुवराज भुसाल, महासचिव पुनित पोखरेल, कार्यसमिति सदस्य तथा अन्य व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमले बुटवल क्षेत्रको वातावरणीय सन्तुलनमा योगदान दिने अपेक्षा गरिएको छ । एसोसिएसनले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअनुरूप यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा