वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
- सत्यदीप सन्देश संवाददाता
- साउन ७, २०८२
- 313 Shares
बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन रुपन्देही–लुम्बिनीको गौरवमय ३०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत् वृक्षारोपण कार्यक्रम सोमबार बुटवल २ मैनाबगरस्थित अटो भिलेज परिसर तथा घाट क्षेत्रमा सम्पन्न भएको छ ।
करिब २ सय वटा बिरुवा रोपिएको उक्त कार्यक्रममार्फत हरियाली प्रवर्द्धन, सफा वातावरण निर्माण र दिगो विकासको सन्देश दिन खोजिएको हो। कार्यक्रममा एसोसिएसनका सचिव तथा कार्यक्रम संयोजक मनिष पाण्डेले वृक्षारोपण अभियानले आगामी पुस्तालाई स्वच्छ वातावरण सुनिश्चित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको प्रमुख आतिथ्य एसोसिएसनका पूर्व अध्यक्ष सन्तोष पाण्डेयले गरेका थिए। उनले अटो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू मात्रै होइन, सम्पूर्ण नागरिक वृक्षारोपण जस्ता सचेतनामूलक अभियानमा सक्रिय हुनुपर्ने बताए ।
वृक्षारोपण कार्यक्रममा अध्यक्ष प्रेम गौचन, संरक्षक तथा पूर्व अध्यक्ष बाबुलाल पाण्डेय, उद्योग उपाध्यक्ष ध्रुवराज भुसाल, महासचिव पुनित पोखरेल, कार्यसमिति सदस्य तथा अन्य व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमले बुटवल क्षेत्रको वातावरणीय सन्तुलनमा योगदान दिने अपेक्षा गरिएको छ । एसोसिएसनले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअनुरूप यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३

लेखकको सम्वन्धमा