कक्षा १२ को नतिजामा व्यवस्थापनमा नेपाल प्रथम भएको अक्सफोर्डको दाबी, १ सय बढिको ए प्लस
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८१
- 88 Shares

बुटवल । बुटवलको अक्सफोर्ड माविले भ्रखरै मात्रै प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन सङ्कायबाट नेपाल प्रथम बनेको दाबी गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको अक्सफोर्ड माविमा कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा आएको दाबी गर्दै व्यवस्थापन सङ्कायमा नेपाल प्रथम बनेको प्राचार्य दिनेश भुसालले दाबी गरे ।
यस वर्ष विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी ७८६ विद्यार्थीहरू मध्य ७३५ जना बिद्यार्थीहरु उत्तिर्ण भएको भुसालले जानकारी दिए ।
उनका अनुसार व्यवस्थापन सङ्कायबाट नेपाल प्रथम भएकी रक्षा भण्डारीले ३.९५ जिपिए अर्थात् ग्रेड ए प्लस ल्याएको बताए । उनका अनुसार विद्यालयबाट ए प्लस ल्याउने विद्यार्थीको सङ्ख्या १ सय २ जना रहेका छन् भने अन्यले ए र बि प्लस ल्याएका छन् भने त्यो भन्दा तल ल्याउने विद्यार्थी छैनन् ।
प्राध्यापक सुमन भुसालले विज्ञान सङ्कायमा सागर पोखरेलको सबैभन्दा धेरै ३.९१ जिपिए ल्याएको बताउँदै अन्य १९ जना बिद्यार्थीहरुको ३.८१ देखी २.८६ जिपिए ल्याएको बताए ।
प्रतिकृया दिनुहोस्
- सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड
- बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने
- पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
- शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने
- प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं -प्रधानमन्त्री
- प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली
- चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली
- राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
- प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
-
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
माघ २२, २०८१ -
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
माघ २२, २०८१
लेखकको सम्वन्धमा