चर्चामा

ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना

ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना
0 0
Read Time:5 Minute, 4 Second

बुटवल । ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको वर्ष २०२४/२५ का अध्यक्षमा राधिकादेवी रिजालले आफ्नो कार्यकालमा दीर्घकालीन योजनाहरूलाई निकै प्राथमिकताका साथ ल्याउने बताएकी छन् । 

Advertisement

क्लबको १६ औँ पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष देवी न्यौपानेले वर्ष २०२४/२५ का अध्यक्ष राधिकादेवी रिजाललाई पद हस्तान्तरण गरे लगत्तै उनले दीर्घकालीन योजनाहरू सार्वजनिक गरेकी हुन् । 

नवनियुक्त अध्यक्ष राधिका रिजालले क्लबले आफ्नो कार्यकालमा क्लबलाई ब्राण्डीङ गर्दै दीर्घकालीन योजनाहरूलाई अगाडी बढाउने प्रतिक्रिया दिइन् । उनले आफूले सामाजिक उत्तरदायित्वका कामहरू गर्नुका साथै रोपेका बिरुवाहरू हुर्कने व्यवस्थापन सँगै वृक्षारोपण गर्ने, मात्रृक्लव तथा नयाँ जन्माएको क्लबलाई आमन्त्रित गर्दै त्यसको व्यवस्थापनको कामहरू गर्ने बताइन् । 

उनले आफ्नो कार्यकालमा क्लबको नामबाट बुटवलको मुख्य सडकमा यात्रु प्रतीक्षालय निर्माण गर्ने, ५ जना निम्न वर्गीय  महिलालाई निःशुल्क बेकरी तालिम दिने,  तथा कुनै एक विद्यालयलाई अभिभावकत्व ग्रहण गरी विद्यालयको अवस्था सुधार्नको लागि सुरुवात गर्ने योजना रहेको बताइन् । 
यस्तै क्लबले रुपन्देहीको देबदहका अति विपन्न वर्गीय परिवारका आयुष्मा परियार र निशा परियारलाई खाने बस्ने तथा विवाह नहुँदा सम्म जति पढ्न खोज्छन् त्यसको व्यवस्थापन पनि गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । 

उनले अहिलेका यौवन अवस्थाका बालबालिकालाई जीवनशैली व्यवस्थापन सम्बन्धी उत्प्रेरणात्मक तालिम , पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सिन लगाउने,  अशक्त मनस्थिति भएको बालबालिकालाई प्ले रुम बनाउने तथा ऋंगेश्वर धाममा रहेको जेष्ठनागरिक मिलन केन्द्रमा भोजन गराउने योजना रहेको सुनाइन् । 

क्लबको वर्ष २०२४/२५ को लागि आईपिपिमा देवी न्यौपाने, उपाध्यक्षमा सुमित्रा न्यौपाने,सचिवमा सुशीला पोखरेल, कोषाध्यक्षमा गीता खनाल, आइएसओमा जुनु भण्डारी ,ईडिटरमा सुशीला आचार्य चयन भएका छन् । एक्जुकेटिभ मेम्बरमा शिवा राना, जमुना श्रेष्ठ रहेकी छन् ।

पदस्थापन कार्यक्रममा बोल्दै ईनरव्हिल डिस्ट्रिक्ट ३५० नेपालका डिस्ट्रिक्ट चेयरमेन आशा श्रेष्ठले  आफै संस्थापक अध्यक्ष भएको क्लबमा प्रमुख अतिथि भएर आउन पाउँदा खुसी लागेको बताउँदै ईनरव्हिल डिस्ट्रिक्ट ३५० को थिममा रहेर काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले क्लबको माध्यममार्फत नेतृत्व विकास भइरहेको देख्दा खुसी लागेको बताइन। 
कार्यक्रममा सबै क्लबहरूको तर्फबाट इनरव्हिल क्लब अफ बुटवलका सम्झना ज्ञवाली, रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु,संस्थापक सल्लाहकार ओमीकला पुन लगायतले शुभकामना दिएका थिए ।

साथै क्लबले विगतका वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत भविष्य निर्माण माध्यमिक विद्यालयमा अध्ययनरत रुमकला बुढाथोकी र नवरत्न माध्यमिक विद्यालयमा अध्ययनरत आयुश्मा परियारलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

वर्ष २०२३/२४ का अध्यक्ष देवी न्यौपानेले वर्षभरि गरेका कामहरूको जानकारी गराउँदै आफूलाई साथ दिने संस्थाका पूर्व अध्यक्ष,सदस्यहरू र सल्लाहकार सम्मान गरेका थिए ।सोही अवसरमा अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा सञ्चार क्षेत्रबाट सहयोग पुर्‍याएको भन्दै दैनिक लुम्बिनीका अनलाइन संयोजक पत्रकार आचार्य प्रदीपलाई नगद सहित सम्मान गरेकी थिइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %