रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन
Read Time:1 Minute, 6 Second
बुटवल । बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एण्ड फिटनेसले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको सञ्चालक मदन शर्माले जानकारी दिए ।
रत्तदान जिवनदान भन्ने मुल मर्मलाई आत्मासात गर्दै वुटवलमा आवश्यक परेकालाई रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्चालक शर्माले बताए ।
फिटनेस गर्नेहरुलाई रक्तदान तर्फ प्रेरित गर्न पहिलोपटक रोयलले यो काम गरेको उनको दाबी छ । कुनै औपचारिकता बिना नै रक्तदान गरिएको बताउँदै फिटनेसबाट महिला तथा पुरुषका लागि फरक फरक समयमा बिभिन्न कक्षाहरु सञ्चालनमा रहेको शर्माले जनाए ।
लेखकको सम्वन्धमा