चर्चामा

जब श्रोताको माया पाइन्छ तब मात्र हामीलाई सन्तुष्टि मिल्ने हो : गायिका इन्दिरा गैरे

जब श्रोताको माया पाइन्छ तब मात्र हामीलाई सन्तुष्टि मिल्ने हो : गायिका इन्दिरा गैरे
0 0
Read Time:6 Minute, 17 Second

सानैदेखिको रहर अनि रुची त्यही रुची अनुसारको मिहिनेतले कुनै पनि कुरा अशम्भव भन्ने कुरा केही पनि हुँदैन ढिलो चाडोको कुरा हो एक न एक दिन अवश्य पनि सफल हुन सकिन्छ, यो भनाई हो गायिका इन्दिरा गैरेको । अर्घाखाँची जिल्लाको सितगंगगा नगरपालिका वार्ड नं. २ मा बाबा आमाको कान्छी छोरीको रुपमा जन्मिएकी गायिका इन्दिरा अहिले गित संगीतमा जम्न थालेकी छन, पढाइको सिलसिलामा बुटवलमा झरेकी उनले गीत संगीतबाट अगाडि बढ्ने औधी रहर हुँदा हुँदै पनि विभिन्न बाधा अवरोधले गर्दा समयमै यो क्षेत्रमा लाग्न नसकेको बताउँछिन,यो क्षेत्रमा लागेर केही गर्छु भन्ने रहर थियो तर साथ र सपोर्ट गर्ने कोही थिएनन् त्यसैले पनि पढाइसंगै जागिरतिर होमिएकी थिए तर पछिल्लो समय संचारकर्मी साथी सारदा मरासिनी सरुको हौसलाले २०७४ सालको तिज गीत मायाले खान दिन्न बरीलै बाट यो क्षेत्रमा प्रवेश गरेकी उनले लगत्तै दशै तिहार कोशेली प्रदेशीको काहानी, र लोकदोहोरी रात्री बस, लगायत यो सालको तिजमा कोरियन सारी र जुल्फी लर्काउदै गरी २ वटा तीज गीत गरी ५ वटा आफ्नै लगानीमा बजारमा लिएर आएकी छन् भने छोटो समयमै आधा दर्जन भन्दा बढी अरुको गितमा पनि स्वर भरेकी उनै गायिका इन्दिरासंग सत्यदीप सन्देशका बसन्तराज बरालले गरेको संपादित अंश ;

१.साङ्गीतिक यात्रा कहिले देखि सुरु गर्नु भयो ?
म बच्चादेखि नै गित संगीत भनेपछि हुरुक्कै हुने मान्छे बच्चैदेखि लोकगीतहरु गुनगुनाइरहन्थे, अनि कक्षा ५ मा पढ्दादेखि नै स्कुलमा हुने विभिन्न कार्यक्रमहरुमा भाग लिने र गाउने गर्थे कहिले प्रथम त कहिले द्धित्तिय स्थान हासिल गर्दै अघि बढे तर पछिल्लो समय जब १२ कक्षा पास गरे त्यसपछि संगीतलाई केही समय ग्याप गरे तरपनि मनले मानेन त्यसपछि औपचारिक रुपमा २०७४ सालबाट फेरि निरन्तरता दिइरहेकी छु ।

२.कस्ता खालका गीतहरु गाउन मनपराउनुहुन्छ ?
मलाई लोक, आधुनिक, चलचित्र सबै मन पर्छ तर म आफू विशेष गरेर लोक तथा दोहोरी गितहरु नै गाउने गर्छु लोक गीत गाउनमै मलाई एकदमै आनन्द लाग्छ ।

३.यस क्षेत्रमा आएपछि आफूले के पाए र के गुमाए भन्ने लाग्छ ?
साँच्चि भन्दा यो क्षेत्रमा आएपछि मैले गुमाएको केही छैन धेरै श्रोताको माया पाएकी छु पहिला इन्दिरा भनेर चिनिएकी मैले अहिले नामको अगाडि गायिका इन्दिरा भनेर चिनिन पाएकी छु यो भन्दा ठूलो कुरा अरु के नै होला र ?

४.तपाईलाई इन्दिरा गैरे भनेर चिनाउने श्रोत कुन हो ?
मलाई मेरो पहिलो २०७४ सालमा आएको तीज गीत मायाले खान दिन्न बरिलै गीतले केही मात्रामा चिनाएको थियो, त्यसपछि लगातार मैले दशै तिहार कोशेली प्रदेशीको काहानी भन्ने गीत पनि गाएँ सो गितमा आफै अभिनय पनि गरे त्यसपछि लोक दोहोरी गीत रात्री बसबाट पनि राम्रो प्रतिक्रियाहरु पाएँ तर यसपालीको तीजमा आएको मेरो तीज गीत कोरियन साडीले मलाई विशेष चिनाएको छ जसमा चर्चित गायक दाजु खुमन अधिकारी र मेरो स्वर रहेको छ भने शब्द गीतकार शरद पाण्डेको रहेको छ, यो गीतले मलाई अहिले इन्दिरा भनेर चिनाउन एकदमै सहयोग गरेको छ ।

५.एउटा कलाकारले आफूले गाएर सन्तुष्टि लिने हो या श्रोताले मन पराएपछि आफू सन्तुष्टि हुने हो ?
गाएर मात्र सन्तुष्टि त पक्कै हुन सकिदैन, त्यसमा श्रोताहरुको माया साथ र सपोर्ट भएन भने त कसरी सन्तुष्टि हुन सकिएला र जब एउटा कलाकारले गीत गाउछ, त्यो गीतमा श्रोताको प्रतिक्रिया के कस्तो आउँछ त्यसैको आधारमा कलाकारले सन्तुष्टि लिने हो जब श्रोताको माया पाइन्छ तब मात्र हामीलाई सन्तुष्टि मिल्ने हो ।

६.अन्तमा केही भन्न चाहनुहुन्छ ?
फूल रोपेर मात्र अवश्य हुँदैन पक्कै पनि त्यसलाई राम्रो स्याहार सुसारको आवश्यक पर्छ म एउटा सांगितिक क्षेत्रको कोपिला हुँ अब यो फुललाई फक्रिने अवसर दिने नदिने श्रोताको हातको कुरा हो त्यसैले मेरो गीतहरु सुनिदिनुहोला अव कसरी अगाडि बढ्दा ठिक होला हजुरहरुको माया र साथको आवश्यक छ हजुरहरुको माया विना म अपुरो नै हुन्छु अन्त्यमा नेपाली महिलाहरुको महान पर्व तिजको सम्पूर्ण मेरा आमा बुवा, दाजु भाई, दिदी बहिनी, लगायत सम्पूर्ण देश विदेशमा रहनुभएका प्यारा श्रोताहरुलाई मिठो मायाको साथमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %