चर्चामा

सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट

सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट
0 0
Read Time:2 Minute, 21 Second

बुटवल । मिस नेपाल २०२५ को उपाधि यसपटक पहिलोपटक सुदूरपश्चिम अछामकी उरुषा भण्डारी प्रतियोगिताको टप २६ फाइनलिस्टमा पर्न सफल भएपछि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई उनको पक्षमा भोट गर्न सुदुरपश्चीमेली समाजले आग्रह गरेको छ ।

दन्त चिकित्साशास्त्र  (Bachelor in Dental Surgery) मा अध्ययनरत उरुषा भण्डारी बाल्यकालदेखि नै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रेरित छिन् । उनले माध्यमिक शिक्षा ललितपुरस्थित लिटिल एन्जल्स स्कूलबाट र उच्च माध्यमिक (+२) अध्ययन युनाइटेड एकेडेमीबाट सम्पन्न गरेकी हुन् । निडर स्वभावकी उरुषा पढाइमा अब्बल छिन् भने मोडलिङलाई रुचिको रूपमा अँगालेकी छन् ।

उरुषाले मिस नेपालको ताज केवल आफ्नो व्यक्तिगत जित नभई सिंगो सुदूरपश्चिम तथा नेपालकै जित हुने बताएकी छन् । “सगरमाथाको शिखरसरी अडिग आत्मविश्वाससहित म मिस वर्ल्डको ताज समेत नेपाल ल्याउने सपनासँग अघि बढिरहेकी छु,” एक कुराकानीमा उनले भनिन् ।

उनी हाल ललितपुरमा स्थायी रूपमा बसोबास गर्छिन्। मिस नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धामा पुगेकी उरुषालाई विजेता बनाउन सबै नेपालीहरूले अधिकतम भोट दिनुपर्ने आवश्यकता रहेको छ ।

 

उनलाई www.aventoz.com मा गई Contestant नं. १२ मा भोट गर्न सकिन्छ । साथै, उपलब्ध क्युआर कोड स्क्यान गरेर पनि सजिलै भोट दिन सकिने व्यवस्था छ ।

सुदूरपश्चिमको शान, उरुषा भण्डारीलाई मिस नेपाल बनाउने यो अभियानमा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीको साथ, समर्थन र मायाको अपेक्षा गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %