तिलोत्तमाको मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- साउन २६, २०८२
- 281 Shares
Read Time:1 Minute, 7 Second
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा-१४ तीनधुरा, भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका अनुसार, लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल बुटवलबाट भलवारीतर्फ जाँदै गर्दा सोमबार बिहान पौने ४ बजे मणिग्राममा अनियन्त्रित भई पल्टिएको थियो । गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि क्रिमशन अस्पताल पुर्याइएकामा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
प्रहरीका अनुसार पानीका कारण सडक चिप्लिएर टायर स्लिप भई दुर्घटना भएको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्
- फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
- पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा