चर्चामा

नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई

नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई
0 0
Read Time:2 Minute, 2 Second

रुपन्देही । रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (रुस्कून) नेपालमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा आवद्ध ६३ वटा जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड उत्कृष्ट भएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३८ औं स्थापना दिवसको अवसरमा यहि शनिबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा ‘नेफ्स्कून उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघलाई सम्मान गरेको छ ।

नेफ्स्कूनमा आवद्ध नेपालभरीका ६३ जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडलाई ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सर्बोत्कृष्ट भएको थियो ।

कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सम्मानित रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । कार्यक्रममा रुस्कूनका पदाधिकारीहरु लेखा समिति एवं व्यस्थापक सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %