चर्चामा

विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छैन : नागरिक उड्डयन प्राधिकरण महानिर्देशक

विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छैन : नागरिक उड्डयन प्राधिकरण महानिर्देशक
0 0
Read Time:3 Minute, 5 Second

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आफूले कुनै पनि भ्रष्टाचार नगरेको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका छन् । मंगलबार पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विमानस्थल निर्माणमा आफू वा प्राधिकरणबाट कुनै अनियमितता भएको छैन । अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्ने आरोप मिथ्या हो ।’

उनका अनुसार नेपाल–चीन सरकारबीच भएको ऋण सम्झौताअनुरुप करिब २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण सम्पन्न भएको हो ।

‘यो परियोजना इपीसी मोडलमा सम्पन्न भएको र भुक्तानी सम्झौताअनुसार गरिएको छ, अनियमितता भएको दाबी निराधार हो,’ उनले भने । उनका अनुसार विमानस्थलमा अमेरिका निर्मित तीन दमकलसहित सबैभन्दा ठूलो ह्याङ्गर, १४ भवन, २५ सय मिटरको रन–वे र ट्याक्सी–वे निर्माण गरिएको छ । नेपाल आयल निगमलाई जग्गा भाडामा दिएको र इन्धन डिपोको संरचना निर्माण गरिएको विषयमा पनि आफूहरू अनियमिततामा संलग्न नरहेको पनि उनको दाबी छ ।

प्रतिनिधि सभा संसदीय छानबिन समितिले भने विमानस्थल निर्माणका क्रममा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको प्रतिवेदन अनुसार ठेक्का प्रक्रिया र निर्माणमा अनियमितता भएको, लागत अनुमानभन्दा ८६५ बढी रकम खर्च भएको, ठेक्का इपीसी मोडलबाट बीओक्यू मोडलमा परिवर्तन गरी भुक्तानी गरिएको र कर तथा भन्सारमा करिब दुई अर्ब रुपैयाँ छुट दिएको ठहर छ ।

तर, यसबारे महानिर्देशक अधिकारीले संसदीय प्रतिवेदनलाई हावादारी, प्रमाणहीन र षड्यन्त्रपूर्वक तयार गरिएको दाबी गरे ।
लागत वृद्धिसँग सम्बन्धित सबै परिवर्तन स्वाभाविक र पारदर्शी हिसाबले गरिएको उनको भनाइ छ ।
पोखरा विमानस्थल संचालन भएको साढे २ वर्ष बितिसकेको छ । तर, यहाँबाट आन्तरिक उडान नियमित भए पनि अपेक्षाकृत अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ जनवरी, २०२३ मा धूमधामका साथ विमानस्थल उद्घाटन गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %